काठमाडौं, माघ ८ । खानेपानीमन्त्री बीना मगर अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन् ।
भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि उनी सोमबार साँझदेखि ललितपुरस्थित सुमेरु अस्पताल भर्ना भएको उनका स्वकीयसचिव विजयदेव भट्टराईले जानकारी दिए ।
मन्त्री मगरको चिकित्सकको विशेष निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । रासस









प्रतिक्रिया दिनुहोस्