सोमबार बिहान गौर नगरपालिका–८ गौरीशंकर क्याम्पसछेउमा स्थानीयवासी बाबर मियाका छोरा मुसरफ सर्फेदको शव भेटिएको थियो ।
त्यसैगरी, दुर्गा भगवती गाउँपालिका–१ भलोहियाका १८ वर्षीय सर्फुन भाट, गुजार गाउँपालिका–६ का अमिरी रामका २१ वर्षीय छोरा नागेन्द्र र गौर नगरपालिका–१२ पुरेनवा दरबारका सुरेश साहको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
आइतबार परोहा गाउँपालिका लौकाहा गाउँका एकै परिवारका ६ सहित ९ जनाको मृत्यु भएको थियो ।
यता, गौर नगरपालिकाअन्तर्गत् वनजरहा, महादेवपटी, बडहरवा, वसतपुुर, मुुडवलवा, सिर्सिया, ब्रह्मपुुरी, सबगढा, देवाही, करुनिया, जिंगडवा, बरियारपुुर, गम्हरिया, पर्सालगायत गाउँ अझै डुुबानमा रहेको प्रहरीले जनाएको छ ।
डुुबानमा रहेका गाउँका बासिन्दा आफन्त र विद्यालयमा शरण लिएर बसेका छन् । उनीहरुले आफूहरुले अहिलेसम्म पनि राहत पाउन नसकेकोे गुुनासो गरेका छन् ।
घरमा भएको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा सबै छाडेर भागेको र अहिले तीन दिनदेखि भोकै बस्नुपरेको उनीहरुको भनाइ छ ।
यसैबीच, सहरी विकासमन्त्री प्रभुु साह, सांसद सुुनिलकुुमार यादव, अमरेश सिंह, रामकुमार भटराईलगायतको टोलीले सोमबार जिल्लाको बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । रासस










प्रतिक्रिया दिनुहोस्