Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


जलमग्न विराटनगर विमानस्थल सफाइको काम सुरु (भिडियो हेर्नुहोस)


0
Shares

विमास्थलभित्र पसेको वाढीको लेदो पखाल्ने काम सुरु गरिएको हो । दमकलको सहायताले हिलो पखाल्ने काम थालिएको विमानस्थल कार्यालयले जनाएको छ ।

हिलो पखाल्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ ।

रन वे मा आधा फिटसम्म हिलो जमेपछि चार दिनदेखि विराटनगर विमानस्थलमा कुनै पनि उडान हुन सकेका छैनन् ।

विमानस्थल सफाइको काम सक्न चार दिन लाग्ने अनुमान गरिएको छ ।

त्यसपछि विमानस्थलभित्रको विद्युत् र उडान तथा अवतरणको सुरक्षाबारे जानकारी दिन राखिएका विद्युतीय उपकरणहरुको चेकजाँच गरेपछि मात्रै विमानस्थल सञ्चालनमा ल्याइने बताइएको छ ।

“>