
आफ्नै शब्द र स्वरमा अनिताले ‘यो जिन्दगी’ बोलको गीत सार्बजनिक गरेकी छन् । गीतमा आफैंले मोडलिङ गरेर आकर्षक दृश्य समेत दिएकी छन् ।
चोभार, लाजिम्पाटलगतायका स्थानमा छायाकंन गरिएको गीत आधुनिक-पप फ्लेवरमा तयार भएको छ ।
नितिन चन्दको छायाकंन तथा निर्देशनमा तयार भएको भिडियोमा अनिताले सोलो नृत्य प्रस्तुत गरेकी छन् । अभिनय र नृत्य मिसिएको भिडियो निकै रोमान्चक र आकर्षक देखिन्छ ।
रुपेश खड्काले सम्पादन गरेको भिडियोका लागि सरिन पोखरेलले कोरियोग्राफी गरेका छन् । प्रेमिल भावका शब्दहरु समेटिएको गीतमा आफ्नो प्रेमीप्रति समर्पण जस्तो भएको छनक पाइन्छ ।
अंग्रेजी तथा अफ्रिकन गीतमा समेत मोडलिङ गरिसकेकी लिम्बुले प्रिती आलेको स्वरमा रहेको ‘मन त नेपाली हो’ भन्ने भिडियोमा यसअघि सोलो डान्स प्रस्तुत गरेकी छन् ।
उनले नेपाल बसाइका क्रममा यी भिडियोहरुमा समय खर्चिएकी हुन् ।
बेलायत बस्दै आएकी अनिताले एक अफ्रिकन गायकको ‘लेमोन्ट चितेपो’मा समेत मोडलिङ गरिसकेकी छन् ।
‘मिस स्पार्कलिङ ब्यूटी सो, युके तथा स्विडेनमा मा फस्ट रनर अपको उपाधी तथा ‘अक्सफोर्ड फेसन विक’को दशौं सिजनमा सहभागिता जनाइसकेकी छिन् । उनले अन्तराष्ट्रिय फेसन विकमा सहभागिता जनाइसकेकी छन् ।
लन्डन र पेरिसमा सम्पन्न ‘फेस अफ दि ग्लोब’मा छनोट समेत भइसकेकी उनी बुटिङहरुमा ‘कमर्सियल फोटोसुट’ समेत गर्दै आएकी छिन् ।
बर्मिङहम फेसन मोडलिङ सो मार्फत पनि अनिता चर्चित छिन् । लन्डनमा आयोजना हुने अधिकांश फेसन सो, मिस च्यारिटीलगायतमा अनिताले सहभागिता जनाइरहेकी छन् ।
अनिता साउथ एसियन इथिनिक माइनोटरी ग्रुपलाई सम्मान गर्ने ‘एमटिएम अवार्ड’२०१६ मा पनि आर्ट एन्ड इन्टरटिमेन्ट विधामा नोमिनेशनमा समेत परेकी मोडल हुन् ।
प्रतिक्रिया दिनुहोस्