हरेक वर्ष साउन र चैतको अन्तिम मंगलबार गुरुङ समुदायले यो पर्व मनाउने गर्दछन् ।
यो पर्व मनाउँदा रोग–व्याधी नलाग्ने, प्राकृतिक प्रकोप नहुने, खेतीबाली राम्रो हुने र सुख–शान्ति प्राप्त हुने विश्वास सो समुदायमा रहेको छ ।
गुरुङ समुदायले मंगलबार पोखरामा बाजागाजा र झाँकीसहितको र्याली निकालेका थिए ।
टुँडिखेलबाट सुरु भएको र्यालीको शिक्षामन्त्री गोपालमान श्रेष्ठले उद्घाटन गरेका थिए । र्यालीले पोखराको बजार परिक्रमा गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्