Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


बाढी–पहिरोबाट देशभरमा १११ जनाको मृत्यु : गृहमन्त्री


0
Shares

व्यवस्थापिका–संसदको मंगलबारको बैठकमा उनले बाढी–पहिरोमा परी अझै ३५ जना हराइरहेको जानकारी पनि दिए ।

बाढीबाट तराईका ८० प्रतिशत भूभाग जलमग्न भएको र हजारौं घरहरु डुबानमा परेको भन्दै मन्त्री शर्माले हजारौं सर्वसाधारण विस्थापित भएको जानकारी दिए ।

गृहमन्त्री शर्माले बाढीबाट मृत्यु भएकाका परिवारलाई प्रतिमृतक दुई लाख रुपैयाँ र घर मर्मत गर्न १० हजार रुपैयाँ वितरण गरिने बताए ।

सबै भूभाग जलमग्न भएका कारण शव व्यवस्थापन गर्न र अस्थायी पाल राख्ने स्थानसमेतको अभाव भएकाले उद्धारकार्यमा ढिलाइ भएको उनको भनाइ थियो ।