नेपाल र अग्रेजबीच वि.सं. १८७१ देखि १८७२ सम्म भएको पाल्पा–बुटवल–जितगढी युद्धमा नेपालले जित हासिल गरेको खुसियालीमा पाल्पामा प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट यो उत्सव मनाउने प्रचलन रहँदै आएको छ ।
पाल्पामा मंगलबार १९८औं विजयोत्सवस्वरुप भगवती जात्रा निकालिएको छ ।
नेपालका तत्कालीन प्रशासक कर्णेल उजिरसिंह थापाको कमान्डमा भएको नेपाल–अंग्रेजबीचको युद्धमा नेपालले जित हासिल गरेको थियो ।
युद्धमा जानुअघि कर्णेल थापाले देवी भगवतीसँग विजयी भएमा तीनतले मन्दिर निर्माण गरी चारैतिर महिमा फैलाउने ‘भाकल’ गरेका थिए ।
युद्धमा विजयी भएपछि कर्णेल थापाले वि.सं. १८७२ देखि १८७६ सम्म मन्दिर निर्माण गरी १८७७ देखि भगवती जात्रा सुरु गराएका थिए ।
सो परम्परा अहिले पनि जीवन्तरुपमा अघि बढिरहेको बताइन्छ ।










प्रतिक्रिया दिनुहोस्