Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


बैंक खाताको पैसा २० वर्षसम्म नचलाए जफत हुने


0
Shares

यस्तो पैसा निष्क्रिय रहेको ठहर गरी सरकारीकरण गरिनेछ । नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशिका २०७४ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

ग्राहकले समय समयमा आफ्नो खाताबाट रकम झिक्ने र रकम जम्मा गर्ने काम गरियो भने पनि खाता निष्क्रिय हुँदैन । पैसा जम्मा गरेको १० वर्षदेखि खाता चल्तीमा छैन वा कसैको पनि हकदाबी परेको छैन भने सम्बन्धित बैंकले त्यस्तो खाताको विवरण प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।

२० वर्षसम्म खाताको पैसा बुझ्न नगए राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गर्नुपर्छ । बैंक खाता बन्द गर्दा पनि ग्राहकले शुल्क तिर्नुपर्ने भएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट