
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सवारी कर्जालाई केही खुकुलो गर्ने नीति लिएको थियो । सोही बमोजिम राष्ट्र बैंकले निर्देशिका जारी गर्दै सवारी कर्जाको धितो मूल्यांकन बढाएको हो ।
यससँगै अब सर्वसाधारणले ३५ प्रतिशत डाउनपेमेन्टमा निजी सवारी किन्न सक्नेछन् । अर्थात गाडी किन्नलाई बैंकबाट ६५ प्रतिशत ऋण लिन सकिनेछ ।
राष्ट्र बैंकले एकीकृत निर्देशिकामार्फत नै बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत आवासीय घरमा उपलब्ध गराउने कर्जाको सीमालाई समेत बढाएको छ । चालू आर्थिक वर्षमा लिइएको मौद्रिक नीतिअनुसार नै राष्ट्र बैंकले घर कर्जामा १ करोड रुपैयाँको सीमालाई बढाएर १ करोड ५० लाख रुपैयाँ पुर्याएको हो । –नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्