१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


बाढीका कारण विद्युत अवरुद्ध, मोबाइल चार्ज गर्न टेलिकममा भीड(भिडियो)


0
Shares

विद्युत् अवरुद्ध हुँदा जिल्लाका दुई नगरपालिका र ६ भन्दा बढी गाउँपालिकाका स्थानीय प्रत्यक्ष मारमा परेका छन् ।

खोटाङबाट प्रकाशित हुँदै आएको पत्रिका र प्रसारण हुँदै आएको एफएम बन्द छ । विद्युत् अवरुद्ध भएका कारण जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयको दैनिकी कामकाज ठप्प भएको छ ।

उदयपुरको तिर्जुगा खोलामा आएको बाढीले प्रशारण लाइनका ८ वटा पोलमध्ये ४ वटा पोल बगाएको र २ वटा पोल बंग्याएका कारण विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकारण दिक्तेल वितरण केन्द्रले जनाएको छ ।

पोल राख्ने काम भइरहे पनि विद्युत् सेवा सुचारु गर्न अझै केही दिन लाग्ने प्राधिकरण प्रमुख पुरुषोत्तम रेग्मीले जानकारी दिए ।

यसैबीच, विद्युत् अबरुद्ध भएका कारण नेपाल टेलिकम दिक्तेलस्थित कार्यालय परिसरमा मोबाइललगायतका दैनिक प्रयोग गरिने विद्युतीय उपकरण चार्ज गर्न आउनेको भीड लागेको छ ।

“>