Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


बाढी पहिरोबाट पूर्वाञ्चलमा ४६ जनाको मृत्यु, १५ जना बेपत्ता


0
Shares

बुधबार बिहानसम्म प्राप्त जानकारी अनुसार बाढीका कारण झापामा ११, मोरङमा १७, सुनसरीमा १२ सप्तरीमा १, उदयपुरमा २ गरी ४३ जना तथा पहिरोले पाँचथरमा २ र ईलाममा १ गरी ३ जनाको मृत्यु भएको सो कार्यालयले जनाएको हो ।

बाढी पहिरोमा परी हालसम्म पाँचथरमा ३, झापामा २, मोरङमा ४, सुनसरीमा ५ र सप्तरीमा १ जना गरी १५ जना बेपत्ता रहेको बताइएको छ ।

त्यस्तै घाइते हुनेमा सुनसरीमा ३, मोरङ र सप्तरी १/१ जना छन् ।

बाढी पहिरोका कारण ती जिल्लाहरुमा हालसम्म ३ सय ८९ वटा घर पूर्ण क्षति भएको तथा ३६३ चौपाया तथा २ हजार २ सय ७५ वटा हाँस, कुखुरा मरेको तथ्याङ प्राप्त भएको पनि सो कार्यालयले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रहरुमा उद्धारका लागि पूर्व क्षेत्रीय तालिम केन्द्र, क्षेत्रीय सशस्त्र प्रहरी गण, दंगा नियन्त्रण प्रहरी गण, सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरु तथा स्थानीय प्रहरी ईकाइहरुबाट समेत गरी चार हजार पाँच सय भन्दा बढी संख्यामा प्रहरी परिचालन भएको बताइएको छ ।

विस्थापित परिवारहरुलाई हाल स्थानीय विद्यालय, मन्दिर तथा संघ संस्थाहरुको सार्वजनिक हलमा राखिएको छ भने उनीहरुलाई स्थानीय समाजसेवी, संघसस्थाहरुबाट राहत वितरण लगायतका कार्य भईरहेको सो कार्यालयले जानकारी दिएको छ ।