
नेपाल उद्धार तथा अग्नी निवारण संघले आज राजधानीमा गरेको विमानस्थलको आन्तरिक सुरक्षा विषयक गोष्ठीमा विज्ञहरुले यस विषयमा सरकारको ध्यानाकर्षण गराउनुपर्ने निष्कर्ष निकालेका हुन् ।
उनीहरुले नेपालमा पनि नयाँ प्रविधिको विकास आवश्यक भएको भन्दै विमानस्थललाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए ।
अन्तर्राष्ट्रियस्तरको प्रविधि र पर्याप्त स्रोत साधनको अभावले सुरक्षा कमजोर बनेको उनीहरुको निष्कर्ष छ ।
उद्धार तथा अग्नी निवारण संघका अध्यक्ष अरुणदेव आर्चायले विमानस्थलभित्र हुने धनजनको क्षति न्यूनीकरण गर्न संघले विभिन्न काम गरिरहेको बताए ।
दुई दिनसम्म चल्ने कार्यक्रममा विभिन्न देशका विमानस्थल विज्ञ सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्