
कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अवलोकनका लागि बुधबार त्यहाँ पुगेका उपप्रधानमन्त्री वाङले आयुर्वेदको अनुसन्धानका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
स्वास्थ्यसचिव किरण रेग्मीले नेपाल सरकार संघीयतामा गएपछि सातै प्रदेशमा आयुर्वेद अस्पताल निर्माण गर्ने लक्ष्य लिएको र त्यसका लागि चीन सरकारका तर्फबाट आवश्यक सहयोग गर्न उपप्रधानमन्त्री वाङसँग आग्रह गरिन् ।
उनले भनिन्–‘नेपालका ८० प्रतिशत जनताको आयको स्रोत जडीबुटी भएपनि यसबारे ज्ञानको अभावमा अमूल्य जडीबुटी समय नहुँदै दोहन हुँदा ह्रास हुँदै गएकाले जनचेतना सहित उच्चस्तरको प्रविधियुक्त स्रोत संकलन र डिजिटलयुक्त पुस्ततकालय स्थापना गर्दैछौं ।’
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा. सिद्धार्थकुमार ठाकुरले आयुर्वेदको क्षेत्रमा अनुसन्धान गर्नु केन्द्रको एकमात्र उद्देश्य भएको बताए ।
चीन सरकारले सन् २००९ मा रु ६८ करोडको लगानीमा अनुसन्धानका लागि सो केन्द्रको भवन निर्माण गरी सन् २०११ मा नेपाल सरकारलाई हस्तान्तरण गर्नुका साथै रु २४ करोड बराबरको चिकित्सासम्बन्धी उपकरण पनि उपलब्ध गराएको थियो ।
सो केन्द्रबाट हाल शल्यचिकित्सा, स्त्री, प्रसूति सेवा अर्बुद्ध रोग उपचार, अकुपञ्चर, रेडियोलोजी, प्याथोलोजीलगायतका सेवा प्रदान हुँदै आएको छ ।
अन्तरंग सेवाअन्तर्गत् पञ्चकर्म, क्षारसूत्र सेवा, स्वस्थ्यत सेवा, कौमारभृत्य, योग तथा फिजियोथेरापी, एक्सरे, सिटी स्क्यान र टेलीमेडिसिनलगायतका सेवा सुरु हुने तयारीमा रहेको केन्द्रले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्