Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


प्रधानमन्त्री ओलीले आज स्वीट्जरल्यान्डको डाभोसमा सम्बोधन गर्ने


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको ४९औं वार्षिक बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीजरल्यान्डको डाभोस पुगेका छन् ।

प्रधानमन्त्री ओलीले आज मञ्चको ‘दक्षिण एसियाको रणनीतिक दृष्टिकोण’ विषयक पूर्णसत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई जुरिच अन्तर्राष्ट्रिय विमानस्थलमा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले स्वागत गरेका थिए ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँका धर्मपत्नी श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा.युवराज खतिवडा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत उच्च सरकारी अधिकारी सहभागी छन् । (एजेन्सी)