बुधबार सुनको भाउ स्थीर « Imagekhabar – Online News Portal of Nepal


बुधबार सुनको भाउ स्थीर


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलाको ५५ हजार रुपैयाँमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य मंगलबार तोलामा ४ सय रुपैयाँले ओरालो लागेर तोलाको ५५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउमा भने बुधबार तोलामा ५ रुपैयाँले कमी आएर तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।