१४ जेष्ठ २०८२, बुधबार | Thu May 29 2025


नेपाल डुबाउने भारतीय बाँध


0
Shares

यी दुई संरचना निर्माण भएयता हालसम्म झन्डै दुई हजार पाँच सय बिघा जमिन डुबान र कटानले नष्ट भएको छ भने चार हजार बिघामा उर्बराशक्ति ह्रास भएको छ ।

लक्ष्मणपुर बाँधपीडित संघर्ष समितिका अनुसार डुबान तथा कटानबाट करिव ६० हजार ब्यक्ति प्रभावित भइरहेको छन ।

‘भारतले आफ्नो भूमिका सुरक्षा र स्वार्थका लागि अन्तर्राष्ट्रिय कानुनविपरीत सीमा नजिकै बाँध र तटबन्ध बनाउँदा नेपाली भूमि डुविरहेको छ,’ लक्ष्मणपुर बाँधपीडित संघर्ष समिति अध्यक्ष जगदीशबहादुर सिहं भन्छन्, ‘हामी नेपाली भने टुलुटुलु हेरेर बसिरहेका छौं,’ हाम्रो सरकार पनि मौन छ ।’ चारदिनअघिको बाढी तथा डुबानले निकै क्षति पुर्‍याएको उनले बताए ।

नेपाल डुबाउने बाँध बाँकेमा मात्र छैन् । दक्षिणी सिमामा भारतले करिब डेढ दर्जन बाँध र तटबन्ध बनाएको छ ।
-नागरिक दैनिकबाट