बारामा मात्र ८ सय ५५ घर पूर्णरुपमा क्षति, २ हजार सर्वसाधारण विस्थापित « Imagekhabar – Online News Portal of Nepal


बारामा मात्र ८ सय ५५ घर पूर्णरुपमा क्षति, २ हजार सर्वसाधारण विस्थापित


0
Shares

जिल्ला प्रशासन कार्यालय बाराले करिब २ हजार सर्वसाधारण विस्थापित भएको जनाएको छ ।

त्यसैगरी १ हजार ७ सय ६५ घरमा आंशिक क्षती भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

विस्थापित ८ सय ८ घरपरिवार विद्यालय, स्वास्थ्य चौकी, धर्मशालालगायत बिभिन्न संघसंस्थाको कार्यालयमा आश्रय लिई बसेको पनि कार्यालयले जानकारी दिएको छ ।

बाढीमा बारामा ४ हजार घर डुबानमा परेका थिए । बिस्थापितहरुलाई खान र बस्नका लागि विभिन्न राहतका सामग्री वितरण गरिएको प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले जानकारी दिए ।  

अहिलेसम्म ३० ठाउँबाट विस्थापितहरुलाई राहत वितरण भइरहेको उनले बताए । 

बाढी प्रभावित क्षेत्रमा ४३ युनिट खडा गरेर ६ सय ५० जना प्रहरी परिचालन गरिएको छ । बाढीमा परेर बारामा ३ जनाको मृत्यु भएको थियो ।