Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


दाउन्ने सडकखण्ड संचालनमा, गौर-चन्द्रनिगाहपुर सडक पनि खुल्यो


0
Shares

जिल्ला प्रशासन कार्यालयको पहलमा नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी डाईभर्सन बनाएर सडक एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको हो ।

सडक सञ्चालनमा आएसँगै आसपासमा रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

एस्काभेटरको प्रयोग गरी सडक खुलाउने प्रयास हुँदै आए पनि वर्षाका कारण लगातार गइरहेको पहिरोले समस्या भएको थियो ।

पहिरोका कारण दाउन्नेमा झन्डै ६० मिटर पिच सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग साउन २७ गते गतेदेखि पूर्ण रुपमा ठप्प बनेको थियो ।

यता, बाढीले क्षतिग्रस्त बनेको गौर-चन्द्रनिगाहपुर सडकखण्ड पाँच दिन पछि सञ्चालनमा आएको छ ।

गौर–चन्द्रनिगाहपुर सडक खण्डको सखुअवा चोक नजिकै एक सय मिटर सडक बाढीले बगाएपछि डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले अस्थायी मार्ग निर्माण गरेर सुचारु गरेको हो ।

सो सडक अबरुद्ध हुँदा सदरमुकाम गौरसँग सम्पर्क बिच्छेद भएको थियो ।

बाढीले सडक भत्किएपछि गौरलगायत केही गाउँपालिकाका बासिन्दा डुंगाबाट आवातजावत गर्न बाध्य थिए ।