Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


निर्धक्क साथ बस्नोस्, सरकारले राहत उपलब्ध गराउँछ : प्रधानमन्त्री


0
Shares

गुलरिया नगरपालिका–८ स्थित गोलपार्कमा बाढी विस्थापितसँग भेटघाट गर्दै प्रधानमन्त्री देउवाले सरकारले सक्दो चाँडो क्षतिपूर्ति उपलब्ध गराउने बताए ।

उनले बाढीपीडितलाई राहत उपलब्ध गराउन सरकार लागिपरेको बताए ।

‘निर्धक्क साथ बस्नोस्, सरकारले राहत उपलब्ध गराउँछ’–उनले भने । बाढीबाट अत्यधिक धनजनको क्षति भएकामा प्रधानमन्त्री देउवाले दुःख व्यक्त गरे ।

तत्काल क्षतिअनुसारको सहयोग गर्न नसके पनि बाढीपीडितलाई औषधि उपचार, बिचल्लीमा परेकालाई लत्ताकपडा तथा खाद्यान्न उपलब्ध गराउने उनले आश्वासन दिए ।

प्रधानमन्त्रीका साथमा सिँचाइमन्त्री सञ्जयकुमार गौतम रहेका छन् । बाढीबाट बर्दियामा एक हजारभन्दा बढी परिवार विस्थापित भएका छन् ।

बाढीपीडित अहिले जिल्लाका ४१ ओटा विद्यालयमा शिविर खडा गरेर बस्दै आएका छन् । रासस