Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


कैलाली पुगेर प्रधानमन्त्रीले भने–‘राहतमा कुनै कमी हुँदैन’


0
Shares

उनले टीकापुरको पुरानो विमानस्थलमा ओर्लिएर बाढीपीडितलाई राहत सामग्री पनि हस्तान्तरण गरे ।

सोक्रममा प्रधानमन्त्री देउवाले बाढीपीडितको राहतमा कुनै कमी हुन नदिने आश्वासन दिए । उनले खाद्यान्न लत्ताकपडा र पालको व्यवस्था गरेको बताए ।

उनले बाढीबाट विस्थापित भएकाहरुलाई त्रिपाल हालेर बस्ने ठाउँ दिइनेसमेत बताए ।

बाढीपीडितको राहत र उद्धारमा सक्रिय सबैलाई धन्यवाद दिँदै उनले प्रभावितका लागि सहयोग गर्न सबैमा अपिल गरे ।