गैरआवासीय नेपाली संघले सप्तरीमा राहत वितरण गर्ने « Imagekhabar – Online News Portal of Nepal


गैरआवासीय नेपाली संघले सप्तरीमा राहत वितरण गर्ने


0
Shares

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र गृहमन्त्री जनार्दन शर्माबीच बिहीबार काठमाडौंमा भएको छलफलमा गृहमन्त्री शर्माले एनआरएनएलाई सप्तरी जिल्लामा केन्द्रित हुन आग्रह गरेका हुन् ।

गृहमन्त्री शर्माले बाढीपीडितलाई राहत प्रदान गर्न संघले देखाएको अग्रसरताको प्रशंसा गर्दै सप्तरी जिल्लामा राहत वितरण गरिदिन आग्रह गरेको जनाइएको छ ।

अध्यक्ष घलेले हाल राहत सामग्री खरिदको प्रक्रिया चलिरहेको जानकारी दिँदै एक/दुई दिनमै राहत वितरणका लागि सप्तरी पुग्ने जानकारी गराएको संघले जनाएको छ ।