१५ जेष्ठ २०८२, बिहिबार | Thu May 29 2025


डुबानमा परेपछि सुस्ताका बासिन्दाद्वारा भारततर्फको नहर फुटाउने प्रयास


0
Shares

लगातारको वर्षाले सुस्ता गाउँपालिकाको १ र २ वडा डुबानमा परेका छन् ।

बाँधका कारण पानीले निकास नपाउदा डुबानमा परेको भन्दै ताल बनेको पानी फुटाएर निकाल्ने प्रयास गरेका थिए । गाउँलेलाई नेपाली सुरक्षाकर्मीले रोकेका थिए ।

नारायणी नदीमा आएको बाढीले नहरमा पानीको बहाव बढेपछि सुस्ता–१ को बरुवा, छिबनी, फेचुहा र रुपौलिया र वडा नम्बर २ अन्तर्गत सत्तपति र महलबारीमा डुबान परेका छन् । करिब १ हजार बिघाभन्दा बढी क्षेत्रफलमा लगाईएको धानबाली र उखु नष्ट भएको स्थानीय ज्ञानु न्यौपानेले बताए ।

बर्सेनी डुबान र जमिन कटान गरेको गुनासो नेपाली र भारतीय प्रशासनलाई पटक पटक जानकारी गराउँदा बेवास्ता गरेकाले बाध्य भएर नहर फुटाउन लागेको स्थानीयले बताए । –कान्तिपुर दैनिकबाट

तस्वीर : श्याम थापा