धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेलीका दर्जनौं घरसमेत जोखिममा परेका छन् ।
कैलालीको खुटिया र शिवगंगा नदीको दोभान नजिक रहेको बेलीको कटानले दर्जनौं घर जोखिममा परेका छन् । नदीले जमिन कटान गरेपछि ईन्द्रादेवी रावत, प्रेम रानासहित १ दर्जन घर परिवार विस्थापित भएका छन् ।
लगातार परेको पानीले नदीमा पानीको बहाव बढेसँगै त्यस क्षेत्रमा कटान सुरु गरेको हो । बेली टोलकी इन्द्रादेवी रावतले नदीले कटान शुरु गरेर घरनजिकसम्म आइपुगेपछि आफूहरु विस्थापित भएको बताइन् ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्










प्रतिक्रिया दिनुहोस्