शुक्रबार शपथग्रहणलगत्तै महान्यायाधिवक्ताको कार्यालयमा पदभार ग्रहण गर्दै उनले संघीयतामा सरकारी वकिलको जिम्मेवारी अझै बढेको बताए ।
उनले मानवअधिकारलाई संवेदनशील भएर हेर्नुपर्न बताउँदै कानुनी शासनको प्रत्याभूति हुनेगरी काम गर्ने प्रतिबद्धता जनाए ।
उनले जुनसुकै राजनीतिक पृष्ठभूमिबाट भएपनि न्याय र कानुनी शासनका लागि सबै एक भएर आफ्नो व्यावसायिक धर्म निभाउनुपर्ने बताए ।
यसअघि, शुक्रबारै राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश गोपाल पराजुलीले उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए ।










प्रतिक्रिया दिनुहोस्