Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


अछाममा मृत चितुवा भेटियो, पोस्टमार्टममा टाउकोमा गोली लागेको देखियो


0
Shares

शुक्रबार बिहान ७ बजे स्थानीयले मृत अवस्थामा चितुवालाई देखेपछि इलाका प्रहरी कार्यालय बयलपाटालाई खबर गरेका थिए ।

स्थानीयको रोहवरमा मुचुल्का बनाइ बयलपाटामा रहेको इलाका वन कार्यालयका कर्मचारीहरु र प्रहरीको टोलीले सो चितुवालाई जिल्ला वन कार्यालय मंगलसेन पुर्‍याएका थिए ।

जिल्ला पशुसेवा कार्यालयमा पोस्टमार्टम गर्दा गोली लागेर चितुवाको मृत्यु भएको पाइएको बताइएको छ ।

जिल्ला पशुसेवा कार्यालय अछामका वरिष्ठ पशु विकास अधिकृत डा. वेदप्रसाद भट्ट, डा. बीपी खनाल र पशु स्वास्थ्य प्राविधिक नेत्र कठायतको टोलीले उक्त चितुवाको पोस्टमार्टम गरेका थिए ।

चितुवाको टाउकोमा गोली लागेको डा. भट्टले बताए ।

६४ इन्च लम्बाई र २२ इन्च उचाइ भएको सो चितुवाको महत्वपूर्ण अंगहरु छाला, दाँत, नग्रा र जुंगासहितका सबै अंगहरु भने शरीरमै भेटिएका निमित्त जिल्ला वन अधिकृत विकास शर्माले जानकारी दिए ।

पोस्टमार्टमपछि मृत चितुवालाई जिल्ला वन कार्यालयको प्रांगणमा खाल्डो खनेर गाडिएको छ । चितुवालाई गोली हान्ने व्यक्तिहरुको खोजी भइरहेको बताइएको छ ।