सरकारले राहत सामग्री वितरण भइरहेको प्रचार गरे पनि पीडितहरुले भने पर्याप्त मात्रामा खानेकुरासमेत नपाएको गुनासो गरेका छन् ।
रौतहटको दुर्गाभगवती गाउँपालिका–४ बडहर्वाका करिब ५०० घरधुरीका बाढीपीडित दैनिक गुजरा नै नचल्ने अवस्थामा रहेका छन् ।
बाढीले घर भत्काएका उनीहरु एक सातादेखि बाग्मती नदीको तटबन्धमा पाल टाँगेर बसिरहेका छन् ।
उनीहरु बसेको नजिकै खुला स्थानमा पशु बाँधिएको छ । शौचालयसमेत सँगै हुँदा दुर्गन्ध फैलिन थालेको छ ।
आश्रय निर्माण सेवाले उनीहरुलाई शुक्रबार दाल, चामल, चिउरा, चाउचाउ लगायतका खाद्य सामग्री वितरण गरेको छ ।










प्रतिक्रिया दिनुहोस्