१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


सप्तरीमा जनही दुई लाख राहत वितरण थालियो


0
Shares

मन्त्रिपरिषदको बैठकको निर्णयअनुसार सप्तरी प्रशासनले राजविराज नगरपालिका वडा नम्बर–१५ देउरीभरुवाका मृतक डोमी यादवका परिवारलाई दुई लाख रुपैयाँ उपलब्ध गराएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले शुक्रबार मृतक यादवकी धर्मपत्नी घनादेवी यादवलाई रकम हस्तान्तरण गरेका हुन् ।

बाढीबाट मृत्यु भएकाका परिवारलाई सरकारी राहत रकम घरमै पुगेर वितरण गरिने उनले जानकारी दिए ।

बाढीमा परी सप्तरीको कोइलाडी–८ का ८ वर्षीय बालक कमलु सदा, बेल्ही–चपेना गाउँपालिका वडा–४ का ३२ वर्षीय कमला मुखिया, डाक्नेश्वरी नगरपालिका–८ का ५५ वर्षीय नथुनी राम र राजविराज नगरपालिका–१५ देउरीभरुवागाउँका ५५ वर्षीय डोमी यादवको मृत्यु भइसकेको छ ।