
न्यायाधीश ओम प्रकाश मिश्रको एकल इजलासले शुक्रबार (आज) सरकारको सो निर्णय हाल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
आदेशमा बाढीपीडितलाई तत्काल राहत र उपचारको व्यवस्था मिलाउन भनिएको छ ।
अधिवक्ता सुनिलरन्जन सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, केन्द्रीय दैवी प्रकोप उद्धार समिति लगायतलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए ।
उक्त रिट निवेदनमा साउन ३१ गते अविरल वर्षाका कारण बाढीपहिरो र डुबानमा अपूरणीय क्षति भएकाले तत्काललाई बाढीपहिरो क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको थियो ।
रिट निवेदनमा बाढीपहिरो र डुबान क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी प्रभावित क्षेत्रमा युद्धस्तरमा राहत र बचाउको कार्य गर्न माग गरिएको थियो । त्यस्तै, बाढीपहिरोमा परी जनधन गुमाएका परिवारलाई आवश्यक गाँस, बास र कपास, औषधोपचार, स्वास्थ्य खानेपानीको व्यवस्था मिलाउनसमेत आदेशको माग गरिएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्