२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


ब्लड बैंक नहुँदा सर्वसाधारणलाई समस्या


0
Shares

उपचारका क्रममा आवश्यक रगत बिरामीका आफन्तले नै खोजेर ल्याउनुपर्ने बाध्यता छ । बिरामीले तत्काल रगत नपाउने र समूह नमिल्नाले थप समस्या भएको छ । जिल्ला रेडक्रस शाखामा समेत रक्तसञ्चार केन्द्र नभएकाले बिरामीको उपचारमा समस्या हुने गरेको जिल्ला अस्पताल ताप्लेजुङले जनाएको छ ।

गाउँबाट उपचारमा आएका कतिपय बिरामीको तत्कालै शल्यक्रिया गर्नुपर्ने भए पनि समयमा रगत उपलब्ध नहुँदा ज्यान जोखिममा पर्ने गरेको छ । गर्भवती, गम्भीर दुर्घटनाका घाइते रगत अभावले बढी जोखिममा परेका छन् । बिरामीका आफन्तले तत्काल रगत नपाउँदा नेपाल रेडक्रस सोसाईटी, नेपाल पत्रकार महासंघ र नेपालीमा सेनामा सम्पर्क गरी आपूर्ति टार्दै आएको रेडक्रसका सभापति गणेश अधिकारीले जानकारी दिए ।