प्राध्यापक चिरञ्जीवी पौडेल संयोजकत्वको निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन कार्यतालिका अनुसार आज १० बजे मतदाताको नामावली प्रकाशन गरिएको छ । मतदाता नामावलीमाथि दाबी विरोध गर्ने समय आजै १२ बजेसम्मका लागि छुट्याइएको छ ।
मतदाताको अन्तिम नामावली प्रकाशन आजै ४ बजे गरिने निर्वाचन समितिले जनाएको छ ।
महासंघको नयाँ नेतृत्वका लागि उम्मेदवार बन्न चाहनेले उम्मेदवारी दर्ता गर्ने समय भोलि दिउँसो १२ बजेदेखि अपराह्न ३ बजेसम्म छुट्याइएको छ । अन्तिम नामावली प्रकाशन भोलि दिउँसो पौने ४ बजे हुनेछ ।
उम्मेदवार उपरको दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिन चाहनेका लागि भोलि अपराह्न पौने ४ बजेदेखि १ घन्टाको समय छुट्याइएको छ । उम्मेदवारको अन्तिम नामावली भोलि बेलुका ५ बजे प्रकाशित गर्ने निर्वाचन समितिले जनाएको छ ।
महासंघको नयाँ नेतृत्वका लागि सोमबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । मतगणना मतदान सकिएलगत्तै गर्ने कार्यतालिकामा उल्लेख छ ।
नेपाल पत्रकार महासंघको महाधिवेशनमा यसपटक कांग्रेसनिकट प्रेस युनियन र माओवादी केन्द्रनिकट प्रेस सेन्टरबीच तालमेल भएको छ । यो गठबन्धनबाट सभापतिमा गोविन्द आचार्यले उम्मेदवारी दिने भएका छन् ।
एमालेनिकट प्रेस चौतारीले तीर्थ कोइरालालाई उम्मेदवार बनाउने भएको छ ।










प्रतिक्रिया दिनुहोस्