
गीतकार राजेन्द्र गौतमका शब्द शृजना रहेको गीतमा गायिका सविना सलल बगेकी छिन् ।
सार्वजनिक गीतको भिडियोमा पछिल्लो समय खुबै रुचाइएकी मोडल तथा गायिका श्रृषा कुँवरको दमदार अभिनय रहेको छ । जसमा श्रृषालाई मोडल अनिष मगरले साथ दिएका छन् ।
वैशाँलु उमेरकी किशोरीले आफ्नो प्रेमीको कल्पना गर्दै हातमा चुरा पोते लगाउने,सिउँदोमा सिन्दुर सजाउने र डोली चढेर आफ्ना बेहुलालाई भेट्ने ग्रामिण परिवेशको यर्थाथलाई आफ्नो कल्पनामा उतारेको कुरालाई भिडियोमा देखाइएको छ ।
भिडियोको निर्देशन निर्देशक युवराज वाईवाले गरेका गरेका हुन् भने निशान घिमिरेले सम्पादन ।
उत्सब दाहालले छायांकन गरेको भिडियोमा राम अधिकारीको लगानी रहेको छ । ड्रिम्स स्टुडियोमा रेर्कड गरिएको गीतलाई वाइड स्क्रिन मिडियाले बजार ब्यबस्थापन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्