Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


सबै कार्यालयमा दोभासे राख्न बहिराहरुको माग


0
Shares

यहाँ शुक्रबार आयोजित भक्तपुर बहिरा संघको २१औँ वार्षिक साधारणसभामा अधिकांश बहिराले कार्यालयमा दोभाषे नहुँदा बहिराको माग सम्बोधन हुन नसकेको बताएका थिए ।

दोभाषे एवं संघका सदस्य टीकाराम लामिछानेले प्रत्येक नगरपालिका तथा कार्यालयमा एक दोभाषे राख्नुपर्ने र बहिराको पहुँच शिक्षा, स्वास्थ्य तथा रोजगारीमा पुग्नुपर्ने बताए ।

कार्यक्रममा सांसद एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले बहिराको मागको बारेमा आफूले संसद् बैठकमा आवाज उठाउने आश्वासन दिँदै सरकारले बहिराका शिक्षा, रोजगारी तथा तालीमको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

महिला विकास कार्यालयका प्रमुख नीला घिमिरेले सरकारले कम बजेट पठाउने भएकाले बहिरा तथा अपांगलाई कार्यालयले मागअनुसारको बजेट दिन नसकेको बताए ।

पत्रकार सोम शर्मा बजगार्इंले पत्रकारले बहिरा र अरुबीच पुलको काम गर्न सक्ने बताए ।

संघका अध्यक्ष सूर्यबहादुर बुढाथोकी, कोषाध्यक्ष सुशील अधिकारी, सचिव जयराम पकानेवारलगायतले संघले भवन निर्माण गर्न लागेकाले सबै निकायलाई सहयोग गर्न आग्रह गरे ।

त्यस अवसरमा बहिरा क्षेत्रबाट २०७३ को एसइई परीक्षा उत्तीण सरु जति, सोना ग्वाछा र लक्ष्मीप्रसाद दुलाललाई सम्मान गरिएको थियो । रासस