चुरे पहाड अत्यन्त कमजोर भूवनोटको भएकाले वर्षायाममा पहिरो जाने र भत्कने क्रम नरोकिँदा विनाश बढेको हो । चुरे भावर वन क्षेत्रमा रहेका दूधपानी, लोटाहा, उत्तमपुर, रानीबासलगायतका एक दर्जनभन्दा बढी मानव बस्ती बाढी र खहरे कटानका कारणले दिनदिनै विस्थापित हुँदैछन् ।
चुरे दोहनले सिन्धुली, धनुषा, महोत्तरी, सर्लाहीलगायतका जिल्लामा सयौं हेक्टर खेतीयोग्य जमिन बगर बन्दै गएको छ । केही दिनअघिको वर्षाले सिन्धुलीको कमला नदीमा आएको बाढीले कमलाखोंच क्षेत्रको रानीबास, सिथौंली र हर्षाही गाविस तथा दुधौंली नगरपालिका क्षेत्रका सयौं हेक्टर खेतियोग्य जमिन कटान गरी बगरमा परिणत गराएको छ ।










प्रतिक्रिया दिनुहोस्