नियुक्त हुने राज्यमन्त्रीहरुमा नेपाली कांग्रेसबाट १०, नेकपा माओवादी केन्द्रबाट ८ र लोकतान्त्रिक फोरमबाट ३ जना छन् । नेकपा माओवादी केन्द्रले आइतबार नै राज्यमन्त्री हुने ८ जनाको नाम सिफारिस गरेको छ ।
माओवादीबाट राज्यमन्त्रीका लागि सिफारिस भएकाहरुमा जाकिर हुसैन (उर्जा), श्यामकुमार श्रेष्ठ (गृह), रामासिंह यादव (परराष्ट्र), शम्भुलाल श्रेष्ठ (स्वास्थ्य), कर्णबहादुर विक (आपूर्ति), छमबहादुर गुरुङ (शहरी विकास), गोमा कुँवर (पशुपन्छी) र ओङ्दी शेर्पा (सामान्य प्रशासन) छन् ।
माओवादीबाट सिफारिस भएकाहरुको प्रधानमन्त्री देउवाले आजै सपथ गराउने बताइएको छ ।
नेपाली कांग्रेस र लोकतान्त्रिक फोरमबाट राज्यमन्त्री हुनेहरुलाई भने प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमण अघि नै सपथ गराउने तयारी गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्