आइतबार राजधानीमा गरिएको कार्यक्रममा सभामुख ओन्सरी घर्तीले संघमा योगदान पु¥याएको भन्दै निवर्तमान अध्यक्ष रोशी अर्याल, निवर्तमान अपाध्यक्ष शोभा भण्डारी, करुणा शाह, बबिता शर्मा, बन्दना साउद लगायतलाई प्रशंसापत्र प्रदान गरिन् ।
सभामुख घर्तीले सेवा नै धर्म हो भन्ने भावनालाई केन्द्रमा राख्दै सामाजिक सेवा, प्रकोपका बेला राहत वितरण, लागूऔषध दुर्व्यसनीको पुनर्स्थापना, असहाय तथा असक्तहरुको सेवामा संघले महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै ३३ वर्ष अगाडिदेखि नै महिला सशक्तिकरणको महत्वपूर्ण मञ्च प्रदान गरेकोमा प्रहरी संगठन र यसको नेतृत्वलाई धन्यवादसमेत दिइन् ।
सो अवसरमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले नेपाल प्रहरी विद्यालयबाट २०७३ सालको एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याएका २ जना विद्यार्थीलाई जनही १० हजार नगदसहित पुरस्कृत गरे । नितान्त सेवाभावले स्थापित संघले समाजसेवामा योगदान दिँदै आएको चर्चा गर्दै प्रहरी महानिरीक्षक अर्यालले त्यस्ता कार्यले नेपाल प्रहरीको पेशागत गौरव बढाएको बताए ।
संघले भूकम्प, बाढी, पहिरो र डुबानजस्ता समस्याका बेला सक्दो सहयोग जुटाउने काम गरेको भन्दै प्रशंसा गरिएको थियो ।
कार्यक्रममा संघको बार्षिक प्रकाशन सहचरीको पनि विमोचन गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्