
अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुन तोलामा २ सयले घटेर ५५ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुुन प्रतितोला ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउमा पनि प्रतितोला ५ रुपैयाँले कमी आएर ७ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
आईतबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा छापावाल सुन प्रतिऔंस १२ सय ९० डलर हाराहारीमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्