
विस्थापित भएकाहरुलाई विभिन्न संघसंस्थाले राहत वितरण गरिरहेका छन् । तर राहतको काम जिल्ला सदरमुकाममा मात्र केन्द्रित हुँदा जिल्लाका दुर्गम क्षेत्रका विस्थापित भने मारमा परेका छन् ।
झापासँग सिमाना जोडिएको रतुवामाई नगरपालिकाका २ हजार बढी विस्थापित अहिले पनि राहतको पर्खाइमा छन् । सुगम स्थानमा धेरै संघसंस्थाले राहत वितरण गरे पनि सदरमुकामबाट निकै टाढा रहेको रतुवामाई नगरपालिकामा राहत पुग्न सकेको छैन ।
बक्राहा खोलाको बाढी पसेर विस्थापित भएका रतुवामाई नगरपालिका–५ लेटीमा २ हजार घर परिवारले अहिलेसम्म कतैबाट राहत पाउन नसकेको गुनासो गरेका छन् ।
अघिल्लो शनिबार बक्राहा खोलामा आएको बाढीले लेटीको तटबन्ध फुटाई मानव बस्तीमा पसेको थियो । त्यहाँका करिव ६ सय घर परिवारका २ हजार मानिस विस्थापित भएका थिए । उनीहरु अहिले अस्थायी शिविरमा बसिरहेका छन् ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्