
गायिका चन्दा देवानको स्वरमा रहेको गीत ‘रम्दैछ अलि अलि’ को म्युजिक भिडियो सार्वजनिक भएको हो ।
एलिसाको फ्ल्यासब्याकमा बालकलाकार युमी बरालले भूमिका निर्वाह गरेकी छन् । राजधानी नजिकै रहेको मनोरम स्थल नगरकोटमा गरिएको हो ।
भिडियोमा एउटी छोरीले आमासामु अभिव्यक्त गरेका भावनालाई नृत्यको माध्यमबाट सजीव ढंगले प्रस्तुत गरिएको छ । उमेरसंगै छोरीमा आएका चाहना र रहरहरूलाई यो गीतले समेटेको छ ।
‘रम्दैछ दबेको मन, खुल्दैछ लुकेको मन’ शीर्ष शब्दबाट सुरु भएको गीतमा खुलेर नाच्ने मन भएको, हातमा चुरा, शिरमा शिरबन्दी र खुट्टामा पाउजु लगाउने चाहना छोरीले राखेकी छन् ।
यस्तै १६ वर्षे बैंसमा चरी जस्तै उडी जाने रहर पलाएको छ छोरीमा । चंचल मनसित कल्पनाका पखेटा फिंजाएर जतासुकै पुग्न खोज्ने छोरीका रहरालु भावनाहरू गीत सुरु भएदेखि अन्त्य हु‘दासम्म छताछुल्ल महसुस गर्न सकिन्छ ।
गीत चेतन बाराकोटीले लेखेका छन् भने सचिन सिंहको संगीत मेलोडियस छ । गीतको भिडियो–निर्देशन युवा संचारकर्मी विदुर खतिवडाले गरेका हुन् ।
उत्कृष्ट छायाकारको परिचय बनाइसकेका युवा सुदीप बरालको छायांकन र राजीव समरको कोरियोग्राफी रहेको यस भिडियोलाई नगरकोटस्थित होटल क्लब हिमालयमा छायांकन गरिएको हो ।
केही महिनापहिले चेलीबेटी बेचबिखन विरुद्धको अभियानलाई सहयोग पुगोस् भन्ने चाहना राखेर ‘छानो हाल्ने सपनीमा म बेचिनुपर्यो’ गीत गाएकी गायिका चन्दाले यो नाच्ने किसिमको गीतले आम नेपालीलाई नाच्न अग्रसर गराउने अपेक्षा राखेकी छिन् ।
भन्छिन्, ‘यो म जस्तै आम आमाछोरीको गीत हो । नाच्न मन पराउने, खुलेर बा“च्न चाहने युवतीहरूको अनुभूति हो ।
सबैले मनपराइदिनु हुनेछ भन्ने आशा राखेकी छु ।’ गीतलाई केन्द्रबिन्दु टिभीले सोमबार सार्वजनिक गरेको हो ।
प्रतिक्रिया दिनुहोस्