२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन आयोजनाको काममा तिव्रता


0
Shares

आयोजनाको पहिलो एवं महत्वपूर्ण कामका रूपमा लिइएको सुरुङ निर्माणको कामले गति लिएको हो ।

भेरी नदीको पानीलाई सुर्खेत र बर्दियाको सिमानामा रहेको बबई नदीमा खसालेर विद्युत् उत्पादन र सिँचाइमा प्रयोग गर्ने उद्देश्यले आयोजना सुरु भएको हो ।

चुरेक्षेत्रको पहाडमा १२ किलोमिटर सुरुङ खनेर भेरी नदीको पानी बबईमा खसाल्ने योजनासहित अहिले धमाधम काम भइरहेको छ ।

सिँचाइ विभाग र चाइना ओभरसिज इन्जिनियरिङ गु्रप लिमिटेडबीच आयोजना निर्माणका लागि २०७१ साल माघमा ठेक्का सम्झौता भएको थियो ।

हालसम्म मजदुरबाट खनिएको सुरुङको बाँकी भाग अब मेसिनले खन्नेछ । सुरुङ निर्माणका लागि विशेष प्रविधियुक्त टनेल बोरिङ मेसिन विदेशबाट भित्र्याउन लागिएको छ ।

हाल उक्त मेसिन भारतको कोलकाता आइपुगेकाले आयोजनाले एक महिनाभित्र आयोजनास्थलमा पुग्ने जनाएको छ ।

नेपालमै पहिलोपटक यो आयोजनामा टनेल बोरिङ मेसिनमार्फत सुरुङ निर्माण गर्न लागिएको हो ।