Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


भौतिक संरचनाको तत्काल निर्माण गरी जनजीवन सहज बनाउन निर्देशन


0
Shares

हालैको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानका कारण देशको अधिकांश ठाउँमा भौतिक संरचनामा क्षति पुग्दा जनजीवन प्रभावित भएको छ ।

समितिको मंगलबार बसेको बैठकले ती भौतिक संरचनाको तत्काल निर्माण गरी जनजीवन सहज बनाउन समितिले निर्देशन दिएको हो ।

यसैगरी, साधन–स्रोत एवं बजेटको अभाव हुन नदिन समितिले अर्थ मन्त्रालय, भौतिक पूर्वाधार र गृह मन्त्रालयलगायत सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

बाढी र डुबानले पारेको प्रभाव र सेवा सन्चालनको अवस्थाको स्थलगत अनुगमनका लागि समितिले एक संसदीय टोली बनाउने निर्णय पनि गरेको छ ।

पुललगायतका भौतिक संरचना निर्माणमा गुणस्तर कमजोर हुँदा राज्यले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै समितिले ठूला संरचना बनाउँदा भू–बनोटअनुसार अध्ययन गरी बनाउन सरकारको ध्यानाकर्षण पनि गरेको छ ।