Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


खहरे खोला नजिक रहेका पूर्वी नेपालका केही वस्ती बाढीको जोखिममा


0
Shares

दोबाटोमा बटुवालाई खाजा खुवाउने उद्देश्यले साना होटल सञ्चालन हुँदै वस्तीको रुपमा विकास भएका खहरे खोला आसपासका क्षेत्र कटानमा पर्न थालेपछि जोखिम बढेको हो ।

तमोर नदी किनारमा मात्रै ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटामा एक दर्जन भन्दा बढी बस्ती रहेका छन् ।

काबेली, हेवा, मेवा, मैवा जस्ता नदी किनारमा बनाइएका बस्तिसमेत बाढीको जोखिमा रहेको जिल्ला भू-संरक्षण कार्यालय ताप्लेजुङले जनाएको छ ।

पछिल्लो समय अत्यधिक वर्षा र पहिरोका कारण नदीमा वाढी आउँदा किनाराका बस्ती जोखिममा परेका हुन् ।

ताप्लेजुङका दुईवटा ठूला बजार दोभान र सिवा नदी किनारमै छन् भने केही गाउँपालिकाका केन्द्रसमेत नदी किनारमा रहेकाले बाढी आए जोखिम बढी हुने विज्ञहरुको भनाई छ ।

विज्ञहरुले जोखिममा रहेका वस्ती तत्काल हटाउनुपर्ने सुझाव दिएका छन् ।