Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


बबई नदीको वितण्डा : ५ जनाको मृत्यु, १३ हजार बढी घर प्रभावित (भिडियो)


0
Shares

तीन वर्षअघि आएको वाढीको घाउ निको हुन नपाउँदै यस वर्ष बबई नदीमा आएको बाढीमा परेर बर्दियाका ५ जनाको मृत्यु भएको छ ।

त्यसैगरी १३ हजार ३ सय ६२ घरधुरीका ७४ हजार ३ सय २७ जना प्रभावित भएका छन् ।

दैवी प्रकोप उद्धार समितिको प्रारम्भिक तथ्यांकअनुसार बर्दियामा बाढीबाट २ हजार १ सय ७३ घर पूर्ण र ८ हजार ९ सय ६२ घरमा आंशिक क्षति भएको छ ।

बाढीकै कारण ४ हजार ३८८ घरधुरीका २४ हजार ५७५ परिवार विस्थापित भएका छन् । बाढीबाट बर्दिया सदरमुकाम गुलरिया नगरपालिका सवैभन्दा वढी प्रभावित भएको छ ।

गुलरिया नगरपालिकामा २५ हजार ५४७ जना प्रभावित भएको बताइएको छ । त्यस्तै सदरमुकामका २ हजार ८१२ घरधुरीका १५ हजार ७५० जना विस्थापित भएका छन् ।

गुलरिया नगरपालिकामा १ हजार ७५० घर पूर्ण र २ हजार ८१२ घरमा आंशिक क्षति भएको छ । बबई नदीमा आएको बाढीले घरवारविहीन भएकाहरु अस्थायी शिविरमा बस्दै आएका छन् ।

शिविरमा बसेकाहरु बिरामीसमेत पर्न थालेका छन् । स्वच्छ पिउने पानी र पोषिलो खानेकुराको अभावमा धेरै मानिस बिरामी परेका हुन् ।

बाढीबाट बा¥हबर्दिया नगरपालिका पनि निकै प्रभावित छ । यहाँका ४ हजार ५०० घरधुरीका २५ हजार २०० जना विस्थापित भएका छन् ।

प्रारम्भिक तथ्यांक अनुसार ३ सय ५० घर पूर्ण र २ हजार ५०० घर आंशिक क्षति भएको छ ।

विस्थापित भएकाहरु गुलरिया, ठाकुरबाबा, बा¥हबर्दिया, मधुवन र राजापुर नगरपालिकाका विभिन्न विद्यालय, सरकारी कार्यालय, सामुदायिक भवन लगायत सडक किनारमा अस्थायी शिविर बनाएर गुजारा गरिरहेका छन् ।

विभिन्न शिविरहरुमा ७ सय ८६ घरका २४ हजार ७३४ जनाले आश्रय लिइरहेको दैवी प्रकोप उद्धार समिति बर्दियाले जनाएको छ । उचित राहत र पुनस्र्थापनाको काम नहुँदा उनीहरु भोकभोकै बस्न विवस छन् ।

चारैतिरको डुवान र फोहरले बाढीग्रस्त क्षेत्रमा रोगको महामारी फैलन खतरासमेत देखिएको छ ।

पीडितहरुको तत्काल पुनस्र्थापना गरेर उनीहरुलाई सहज जीवनयापनको व्यवस्था गर्न ढिलाई गर्न हुँदैन ।

“>