१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


डा.केसीलाई साधारण वार्डमा सारियो, स्वास्थ्य सुधारोन्मुख


0
Shares

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक कक्षमा राखेर उपचाररत डा.गोविन्द केसीलाई साधारण वार्डमा सारिएको छ ।

डा.केसीले आईसीयू बेडको अभावमा सर्वसाधारणलाई उपचारमा समस्या नहोस् भनेर सार्न माग गरेपछि उनलाई आज साधारण वार्डमा सारिएको हो ।

उनको स्वास्थ्य सुधारोन्मुख छ भने अनशन जारी नै छ । डा.के.सी चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण अनसनमा छन् ।

सरकारले १५ औं चरणको अनशनका क्रममा गरेको सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै डा केसीले गत पुष २५ गते इलामबाट १६ औं चरणको सत्याग्रह शुरु गरेका थिए ।

तर स्वास्थ्यमा गंभीर समस्या आएपछि उहांलाई शुक्रबार हेलिकप्टरबाट काठमाडौं ल्याएर आईसीयूमा उपचार शुरु गरिएको हो ।