बिहीबार बिहान ९ बजे मैलौली नगरपालिका वडा नं ९ की ४० वर्षीय कुन्दा देवी भट्ट चितुवाको आक्रमणमा परि घाईते भएको स्थानीय जनप्रतिनिधि भीमदत्त भट्टले जानकारी दिएका छन् । आफ्नै खरबारीमा घाँस काटिरहेको अवस्थामा उनलाई चितुवाले आक्रमण गरेको बताइएको छ ।
चितुवाको आक्रमणमा परि बैतडीमामात्र २२ जनाले आफ्नो ज्यान गुमाइसकेका छन् भने कयौं घाइते भइसकेका छन् ।
घाइते भट्टलाई उपचारका लागि बैतडीस्थित जिल्ला अस्पताल लैजाने तयारी भइरहेको छ । उनको हात र नाकमा चोट लागेको छ ।










प्रतिक्रिया दिनुहोस्