Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


मनहरि खोलाले बगाएर तीन बालकको मृत्यु


0
Shares

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सोही स्थान बस्ने सुजन थिङका छोरा ११ वर्षीय अमन थिङ, दीपक रुम्बाका छोरा ७ वर्षीय अलेख रुम्बा र बाबुलाल रुम्बाका ७ वर्षीय प्रकाश रुम्बा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बामदेव गौतमका अनुसार ११ः३० बजे नुहाउन खोलामा पसेका उनीहरुको बगेर मृत्यु भएको हो ।

यसैगरी, सोही वडा बस्ने तेजमान मोक्तानको १५ वर्षीय छोरा बुद्ध लामा मोक्तान सोही खोलाले बगाउँदा घाइते भएकाले उपचारका लागि चितवनस्थित मेडिकल कलेजमा पठाइएको मनहरि इलाका प्रहरी कार्यालयले जनाएको छ ।

मृतक तीन बालकको लास शवपरीक्षणका लागि मनहरिबाट हेटौँडा अस्पताल ल्याइएको छ । (रासस)