
भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा दुई मुलुकका प्रधानमन्त्रीबीच एक्ला–एक्लै भेटवार्ता भएको हो । भेटवार्तामा दुई मुलुकको आपसी हित र सहयोग आदानप्रदानलगायतका विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री देउवा र भारतीय समकक्षीय मोदीको उपस्थितिमा अहिले दुई मुलुकका प्रतिनिधिमण्डलबीच छलफल भइरहेको छ । केहीबेरमा दुई मुलुकबीच सहमतिपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।
यसअघि प्रधानमन्त्री देउवाले राजघामा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्