
प्रदेश नम्बर–२ का लागि इन्धन भन्डारण गर्न भन्दै निगमले खरिद गरेको १५ बिघा ६ कट्ठा १४ धुर जग्गामा अनिमियता भएको खबर सर्वजनिक भएपछि समितिले अनुगमन गरेको हो ।
अनुगमनकाक्रममा प्रतिकट्ठा एक लाख ३५ हजार रुपैयाँमा किनबेच भइरहेको जग्गा आयल निगमले ९ लाख ६० हजारका दरले खरिद गरेको पाइएको अनुगमन टोलीका संदस्य सांसद दीपक कार्कीले बताए ।
बिचौलियामार्फत् जग्गाधनीलाई कम रकम दिएर जागिर लगाइदिने प्रलोभन देखाएर जग्गा खरिद गरेको पाइएको पनि अनुगमन समितिले जनाएको छ ।
अनुगमन समितिका अर्का सांसद रामवीर मानन्धरले निगमका कर्मचारीले बिचौलिया लगाएर करोडौं रुपैयाँ घोटाला गरेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्