छड्केमा गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द पोखरेल, निमित्त महाप्रवन्धक हरिकला अधिकारीलगायत अधिकांश कर्मचारी समयमा कार्यालय पुगेको पाइएन ।
सञ्चारमन्त्री वस्नेतले सबै प्रशासनीक फाँटमा कर्मचारी उपस्थित भए नभएको बारे जानकारी लिएका थिए ।
मन्त्री वस्नेत विहान १० बजेर २० मिनेटमा गोरखापत्र संस्थान र १० बजेर ४५ मिनेटमा कमलादीमा रहेको नेपाल दुरसञ्चार प्राधीकरण पुगेका थिए ।
५८ जना दरबन्दी रहेको प्राधीकरणमा ४३ जना कर्मचारी उपस्थित थिए । संस्थाका अध्यक्ष दिगम्बर झा, वरिष्ठ निर्देशक पुरुषोत्तम खनाललगायत कर्मचारी अनुपस्थित पाइयो ।
मन्त्री वस्नेतले जनशक्ति भएपनि काम समयमै नहुने, आफ्नो जिम्मेवारीप्रति जवाफदेही नहुने, दिनभरी अरुको कुरा काट्ने र दिन बिताउने गुनासा आएकाले छड्के जाँच गरिएको जानकारी दिए ।
समयमै उपस्थित नहुने कर्मचारीसँग स्पष्टीकरण लिइने मन्त्री वस्नेतले बताए ।










प्रतिक्रिया दिनुहोस्