१६ जेष्ठ २०८२, शुक्रबार | Fri May 30 2025


ताहाचलमा ‘ग्याङफाइट’ हुँदा एकजनाको मृत्यु, पाँच घाइते


0
Shares

आक्रमणमा बाफलका राजु भनिने रामबहादुर श्रेष्ठको मृत्यु भएको हो । ताहचलको बैदेशिक रोजगार कार्यालयमा श्रम भर्न जानेहरुका लागि विमा गर्ने तथा फर्म भन्ने पसल संचालन गर्ने तयारीमा थिए श्रेष्ठ ।

तर, साथीहरुले नै गत शुक्रबार बेलुका खुकुरी हानेर उनको हत्या गरे । योजनाबद्ध रुपमा भेट्न बोलाएर उनको हत्या भएको छ ।

घटनामा अन्य चारजना घाइते भएका छन् । घाइतेमध्ये विकास गुरुङ र विवेक खत्री अस्पतालमा उपचार गराइरहेका छन् । अन्य दुई जना सामान्य घाइते छन् ।

ताहचलमा विमाको एजेन्टका रुपमा काम गर्ने सुवेदी ‘खैरे’को समूहले श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको छ ।

सुवेदी र उनका सहयोगीहरु राम दर्जी र लक्ष्मण दर्जीविरुद्ध मृतकका परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् । हत्यामा संलग्न तीनैजना फरार छन् । -नयाँ पत्रिका दैनिकबाट