समयमै भवन निर्माण नगरेको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।
पुरानो भवन भत्काएर नयाँ भवन बनाउन थालेपनि समयमै काम सम्पन्न नहुँदा पठन पाठनमा समस्या हुँदै आएको छ ।
भारतीय दूतावासको १ करोड ७८ लाख सहयोगमा ६ वर्षअघि बनाउन थालिएको उक्त भवन निर्माणका जिम्मा स्वच्छन्द कन्ट्रसन जेभी कम्पनीले लिएको छ ।
६ वर्ष पनि भवन नबनाउँदा पठन पाठनमै समस्या भएको विद्यालयका प्रधानाध्यापक हरिप्रसाद खनालले बताए ।
बरु उक्त कम्पनी अहिले सम्पर्कमै नरहेको विद्यालय प्रशासनले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्